पछिल्लो २४ घण्टामा देशभर ३१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा ९११ जना निको भएका छन् ।
यसैगरी पछिल्लो २ जनामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच काठमाडौंमा ६७ तथा ललितपुर र भक्तपुरमा १०–१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल परीक्षण मध्य औसत संक्रमण दर ५ प्रतिशत रहेको मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङमा जानकारी दिइयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।