मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको सुधार आएको छ । २७ सय १८ दशमलव ५१ अङ्कबाट सुरु भएको बजारमा अन्तिम समयसम्म १७ दशमलव ४२ अंकले बढ्दै २७ सय ३५ दशमलव ९१ पुगेको हो ।
यस दिन म्यानु एण्ड प्रो र लगानी बाहेक सबै सूचकहरू धनात्मक भएका छन् । अदर्स समूहको उपसूचक अधिकतम १ दशमलव ९८ प्रतिशतले बढेको छ भने, फाइनान्स समूहको १ दशमलव ९१ प्रतिशतले, डेभलपमेन्ट बैंक १ दशमलव ५१ प्रतिशतले र नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक १ दशमलव ०५ प्रतिशतले बढेको छ ।
अन्य उपसूचकहरू भने १ प्रतिशतभन्दा कमले बढेका छन् । तर, १७ अंक माथिले बढेको बजारमा आज ३ अर्ब २१ करोड २८ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।