आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

सुन १५ महिनायताकै महंगो, प्रतितोला मूल्य ९७ हजार पुग्यो


  • मंगलबार, फाल्गुन १० २०७८
9.6K
SHARES

फाइल तस्विर

नेपाली बजारमा सुनको मूल्य पछिल्लो १५ महिनायताकै महंगो भएको छ । मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ ।

जुन मूल्य गत वर्ष कात्तिक २४ गते पछिको सबै भन्दा उच्च मूल्य रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको खरिद बिक्री मूल्य ९६ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला १३ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

२४ कात्तिक २०७७ मा सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा