शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

२६९३ विन्दुमा झर्यो नेप्से, कारोबार रकम ४ अर्बमा सिमित


  • आइतबार, फाल्गुन ८ २०७८
14.1K
SHARES

फाईल तस्बिर

सेयर कारोबारको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यसदिन नेप्से ३९.४० अंकले ओरालो लागेर २६ सय ९३.१० विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार  रकम पनि ४ अर्बमा सिमित भयो।  २३० कम्पनीको  ७१ लाख २२ हजार २९९ कित्ता सेयर ४ अर्ब ८ करोड ६४ लाख  ७४ हजार ८२८ रुपैयाँमा कारोबार भयो। यस्तै सेन्सेटिभ इण्डेक्स पनि ४.९९ अंकले घटेर ५१३.६४ विन्दुमा पुगेको छ।

यसअघि  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १.९३ प्रतिशतले घटेर २७ सय ३२.५२ विन्दुमा अडिएको थियो। सामान्य अंकले नेप्से घटेसँगै सेयर कारोबार रकम निकै संकुचन आएको थियो। यसदिन २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता सेयर २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक ओरालो लागेको छ।  १२ समूहको सूचक ओरालो लाग्दा अन्य समूहको मात्र सूचक ०.४२ प्रतिशतले बढेको हो। यसदिन जीवन विमाको सर्वाधिक २.४४ प्रतिशतले सेयर मूल्य घट्दा मनु एन्ड प्रोको २.३७, निर्जीव विमाको २.२५, वित्त  समूहको २.०२ प्रतिशतले सूचक घटेको छ। यस्तै व्यापारको १.९५,बैंकिङको १.४७, होटल तथा पर्यटनको १.४३, लगानी समूहको १.८८ प्रतिशतले सूचक घटेको हो।

आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। युनाइटेड इदी- मार्दी  एन्ड आरबी हाइड्रोपावरको सेयर मूल्य १०  प्रतिशतले बढेको हो। यस्तै तेह्रथुम पावरको ८. ६४ प्रतिशतले सेयर मूल्य बढेको छ।

कारोबार रकमका आधारमा जीवन विकास लघुवित्तीय अग्रस्थानमा रह्यो। सो कम्पनीको ५८ करोड २ लाख  २३ हजार ४५० रुपैयाँमा सेयर कारोबार भयो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा