एमसिसी पास गर्न खोजे सत्ता गठबन्धन छोड्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराएपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारको संसद बैठकमा एमसिसी टेबल गर्ने पक्षमा उभिएका छन्।
माओवादी केन्द्रले एमसिसीको विपक्षमा भोट हाले पनि एमसिसी पारित गर्न सकिने कांग्रेसको आँकलन रहेको प्रधानमन्त्रीनिकट एक नेताले बताए। अब कांग्रेस ब्याक हुँदैन। भोलि एमसिसी संसदमा टेबल हुनुपर्छ। टेबल भएपछि पास हुन्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।
कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद अवरोध जारी राख्ने र मतदानमा भाग नलिने हुँदा सरकारबाहिर रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको सहयोगमा एमसिसी पास गराउने रणनीति बनाएको छ। त्यसबाहेक सत्तारूढ जनता समाजवादी पार्टीका सबै सांसदले मत नदिए पनि केही सांसदहरूले एमसिसीको पक्षमा भोट हाल्ने कांग्रेसको आकलन छ।
नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका केही सांसदले एमसिसीको पक्षमा मतदान गरे भने माओवादी केन्द्र र अन्य दलका केही सांसदले विपक्षमा मत दिए पनि एमसिसी पास हुने बलियो सम्भावना छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।