शनिबार, साउन ३० २०८३
ताजा अपडेट

बन्द र प्रदर्शनमा उत्रिएका १२० जना प्रहरीको नियन्त्रणमा, दुई प्रहरी घाइते


  • बुधबार, फाल्गुन ४ २०७८
10.2K
SHARES

फाइल तस्विर

काठमाडौंमा बन्द र अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी)को विरोधमा उत्रिएका १२० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो ।

प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सामान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीको ढुंगा लागेर दुईजना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीतर्फ समेत केही व्यक्ति घाइते भएका छन् ।

आज बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, बबरमहल क्षेत्रमा एमसीसीविरुद्ध प्रदर्शन गरिएको छ । सत्तासाझेदार दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ता पनि प्रदर्शनमा उत्रिएका छन् ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत ६ दलले आज नेपाल बन्दको आह्वान गरेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा