सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यसदिन नेप्से ५३.३० अंकले वृद्धि भएर २७ सय ५४.२८ विन्दुमा बन्द भएको हो।
यस्तै सेन्सेटिभ इण्डेक्स पनि दोहोरो अंकले बढेको छ। सेन्सेटिभ इण्डेक्स १०.८३ अंकले बढेर ५२२.१३ पुगेको छ। यसदिन २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता सेयर ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँमा खरिदबिक्री भयो।
यसदिन कारोबारमा आएका १३ वटै समूहको सूचक बढेको छ। जलविद्युत समूहको सूचक सर्वाचिक ४.३२ प्रतिशतले बढेको छ। यस्तै अन्य समूहको सूचक ३.३८ प्रतिशतले बढ्दा वित्तको २.८५, लघुवित्तको २.८२, लगानीको २.४९,विकास बैंकको २.७१ प्रतिशतले सेयर मूल्य बढेको हो।
यस्तै निर्जीव विमाको १.४९, जीवन विमाको १.२५, व्यापारको १.३५ र होटल तथा पर्यटनको १.६३ प्रतिशतले मूल्य बढेको छ। यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो। तेह्रथुम पावर कम्पनीको ८.७० प्रतिशत र हिमालय उर्जा विकास कम्पनीको ७.७५ प्रतिशतले सेयर मूल्य बढेको हो।
यसदिन कारोबार रकमका आधारमा हिमालयन डिस्टिलेरी अग्रस्थानमा रह्यो। सो कम्पनीको २२ करोड ७७ लाख बढी मूल्यमा सेयर खरिदबिक्री भयो। यस्तै नेसनल हाइड्रो पावरको १८ करोड बढीको सेयर कारोबार गर्न सफल भयो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।