आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

सुनको मूल्य यो वर्षकै उच्च


  • मंगलबार, फाल्गुन ३ २०७८
10.3K
SHARES

फाईल तस्बिर

मंगलबार सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा एक हजार २०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गतवर्ष फागुन ३ गते नै सुनको मूल्य आजकै बराबर थियो । आज तेजावी सुनको मूल्य तोलामा ९६ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ९५ हजार ५ सयमा छापावल र ९५ हजार रुपैयाँमा तेजावी सुनको मूल्य स्थिर थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको जुन सोमबारको तुलनामा २० रुपैयाँले बढी हो । अन्तराष्ट्रिय बजारकै कारण सुनको मूल्यले पुनः उचाई लिएको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाई छ ।

अमेरिकी मुद्रास्फिति पछिल्लो पाँच दशक यताकै तीव्र वृद्धिका कारण सुनको मूल्य बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मंगलबार अन्तराष्टिय बजारमा सुनको मूल्य प्रतिऔंस ३.९० प्रतिशतले वृद्धि भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा