शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सुनको मूल्य तोलामा तीन सयले बढ्यो, कतिमा हुँदैछ कारोवार ?


  • बुधबार, माघ २६ २०७८
11K
SHARES

फाईल तस्बिर

बुधबार सुनचाँदीका मूल्य थप उकालो लागेको छ । अघिल्लो दिन तोलामा ५०० रुपैयाँले बढ्दै ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ३०० रुपैयाँले बढ्दै ९३ हजार ४०० रुपैयाँ पुगेको हो ।

यस्तै, चाँदीको मूल्य समेत आज तोलामा अधिकतम २० रुपैयाँले बढ्दै एक हजार २८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

यता तेजाबी सनको मूल्य पनि आज तोलामा ३०० रुपैयाँले बढ्दै ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा एक हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा