आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

सुनको मूल्य ५०० ले बढ्यो,


  • मंगलबार, माघ २५ २०७८
8K
SHARES

फाइल तस्विर

मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले बढेको हो ।

महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको जनाएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ छ । हिजो सोमबार यसको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ थियो । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा