२४ घण्टामा थप १५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा १३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३६५ जनाको नमुना परीक्षण भएको थियो ।
मन्त्रालयले सोही अवधिमा निको हुने संख्या भने निको हुनेभन्दा झण्डै ४ गुणा बढी रहेको जनाएको छ । अर्थात सोही अवधिमा ६ हजार १४६ जना निको भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ६७ हजार ४२७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३४ हजार ८३२ जना पुगेको छ ।
संक्रमितमध्ये ९ लाख १५ हजार ४८९ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ८२७ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ४० हजार १११ जना रहेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।