पछिल्लो साता कोरोनाभाइरस संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ । स्वास्थ्य जना जनसंख्या मन्त्रालयले संक्रमणदर घट्दै गएको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८६ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् ।
यसअघि शनिबार १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने शुक्रबार २५२६ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै बिहीबार ३ हजार १७५ जना, बुधबार ३ हजार ६३७, मंगलबार ५ हजार ५८३, सोमबार ५ हजार २९२ र आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा ११ जनाले कोरोनाबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ४५ हजार २४८ जना रहेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।