शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

दोहोरो अंकले उकालो लाग्यो नेप्से !


  • मंगलबार, माघ १८ २०७८
8.6K
SHARES

फाइल तस्विर

सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १९.२९ अंकले वृद्धि भएको छ। सूचक बढेसँगै कारोबार रकम पनि बढेको छ। यसदिन २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँमा खरिदबिक्री भयो।

यसअघि सोमबार नेप्से सूचक १४.४८ अंकले घटेर २८७१.०५ विन्दुमा बन्द भएको थियो। सो दिन २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता सेयर ५ अर्ब १५ करोड १ लाख ७७ हजार ५९८ रुपैयाँमा खरिदबिक्री भएको थियो। सोमबार ५ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

यसदिन कारोबारमा आएका १३ समूहमध्ये ४ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। यसदिन हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ। सो कम्पनीको ३.२२ प्रतिशतले सेयर मूल्य बढेको छ। यस्तै, यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विन लघुवित्तको सेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ भने बुद्धभूमि हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३९ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाखको कारोबार हुँदा अपि पावरको ३५ करोड ७ लाखमा सेयर कारोबार भएको हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा