आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो


  • बिहिबार, माघ १३ २०७८
10.1K
SHARES

फाईल तस्बिर

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।

बुधबार तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १२९० रुपैयाँमा कारोबार भएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा