शनिबार, साउन ९ २०८३
ताजा अपडेट

३८ अंकको करेक्सनपछि नेप्सेमा ३२ अंकको सुधार, कारोबार झन् खस्कियो


  • बिहिबार, माघ ६ २०७८
9.5K
SHARES

फाइल तस्बिर

बुधबारको ३८ अंकमाथिको करेक्सनपछि आज नेप्सेमा ३२ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बिहीबार नेप्से सूचक ३२.९६ अंकले बढ्दै २९ सय ३१.२६ विन्दुमा उक्लिएको हो ।

गत बुधबार यस्तो सूचक अधिकतम ३८.३५ अंकले घट्दै २८ सय ९८.३१ बिन्दुमा अडिएको थियो । तर, आज ३२ अंक माथिले नेप्से सूचक उकालो लागिराख्दा यता कारोबार भने गत बुधबारको भन्दा पनि तल झरेको छ ।

साताको अन्तिम कारोबार दिन समेत रहेको यसदिन ३२ अंक बढेको बजारमा जम्मा ५ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

जबकि गत बुधबार ३८ अंक माथिले घटेको बजारमा ६ अर्ब २ करोड १३ लाख रुपैयाँको कारोबार भएको थियो । आज दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने झण्डै दर्जन हाराहारीका कम्पनीहरुको सेयर मूल्य ६ प्रतिशत माथिले बढेको छ ।

यसदिन आईसीएफसी फाइनान्स लिमिटेडका डिभेन्चर लगानीकर्ताहरूले अधिकतम ४.३९ प्रतिशतले गुमाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा