शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कोरोनाको भयावह अवस्था : मधेश प्रदेशमा दुई सय जनामा परीक्षण गर्दा डेढ सयमा कोरोना पुष्टि


  • मंगलबार, माघ ४ २०७८
9.8K
SHARES

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको अवस्था भयावह अवस्थामा पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार कोरोनाको परीक्षण गरेकामध्ये झण्डै आधामा संक्रमण पुष्टि भएको हो ।

मधेश प्रदेशमा दुई सय जनामा नमुना परीक्षण गर्दा डेढ सय जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार मधेश प्रदेशमा २०२ जनामा परीक्षण गर्दा १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सप्तरी स्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा १९ जनामा कोरोना संक्रमण परीक्षण हुँदा १० मा कोरोना पुष्टि भएको उल्लेख गरिएको छ । त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा ८३ जनाको परीक्षण हुँदा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नारायणी अस्पताल, वीरगंजमा ५१ जना मध्ये ३६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा गौर अस्पतालमा १४ जनामा परीक्षण हुँदा ५ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी सिरहा अस्पतालमा ५ जनाको परीक्षण हुँदा ३ जना, मलंगवा अस्पतालमा ३० जनामा परीक्षण गर्दा २१ जनामा  संक्रमण पुष्टि भएको जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा