चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।
आइतबार लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै उनले यो वर्ष तोकिएको सात प्रतिशतको नजिक पुग्न समेत चुनौती थपिएको बताए ।
खासगरी धान उत्पादनमा आएको कमी र सेवा क्षेत्रमा निरन्तर परिरहेको कोरोनाको प्रभावले यस्तो चुनौती थपिएको उनको भनाइ छ ।
मूल्यवृद्धिलाई चालु आर्थिक वर्षमा ६.५ प्रतिशत भित्र राख्ने लक्ष्य कायम राख्न समेत चुनौती थपिएको उनले बताए । यसमा आन्तरिक तथा बाह्य दुबै कारण रहेको उनले बताए ।
यो साताबाट तरलता केही सहज बनेको उनले बताए । अर्थतन्त्रमा चुनौती भने बाह्य क्षेत्रको चाप रहेको भन्दै यसलाई बढ्दो आयात मुख्य कारण रहेको उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।