शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बाख्रा पालक महासंघ नुवाकोट जिल्ला अध्यक्षमा सन्तोष थापा विजयी


  • बुधबार, पुष २१ २०७८
10.9K
SHARES

२१ पौष, नुवाकोट ।

नेपाल व्यावसायिक बाख्रा पालक महासंघ नुवाकोट जिल्ला अध्यक्षमा सन्तोष थापा विजयी भएका छन् ।

बुधवार भएको दोस्रो जिल्ला अधिवेशनबाट थापाको नेतृत्वमा पदाधिकारी चयन गरिएको हो ।

थापा पहिलो अधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका थिए । यस पटक अध्यक्षमा निर्विरोध विजयी भएका हुन् ।

नुवाकाेट स्थित भेटेरिनरी अस्पताल, ढुङ्गेमा आज दोस्रो अधिवेशनले थापा सहित अन्य पदाधिकारी समेत चयन गरेको छ ।

उपाध्यक्षमा रमेश कुमार बस्नेत, सचिवमा पवित्रा पुडासैनी, सहसचिवमा रमेश केसी, कोषाध्यक्षमा श्रीकृष्ण रिजाल, सदस्यहरूमा कृष्ण बहादुर तामाङ, गणेश बहादुर श्रेष्ठ, सुवास तामाङ, तारा कुमारी खत्री, सावित्री थापा, टलक बहादुर तामाङ, जनक राज गिरी, अस्मिता अधिकारी लगायतलाई निर्विरोध चयन गरिएको छ ।

निर्वाचित भए पश्चात् केटिएम खबरसँग कुराकानी गर्दै अध्यक्ष थापा भने, ‘नेपाल व्यावसायिक बाख्रा पालक महासंघ नुवाकोटका सदस्य साथीहरूले म प्रति गर्नु भएको विश्वास, भरोसाका कारण आज मेरो नेतृत्वमा पदाधिकारी चयन भएको छ । यसका लागि सम्पूर्ण सदस्य साथीलाई धन्यवाद ज्ञापन गर्दछु ।’

उनले भने, ‘सामूहिक नेतृत्वको विकास गर्न र महासंघको कदलाई थप उचाइ दिन मेरो जोड रहन्छ । व्यावसायिक साथीहरुसंगको छलफलबाट नै आगामी मार्ग तय गर्नेछु । ब्याबसायको हक, हितका लागि मेरो प्रयत्न सदैव रहनेछ ।’

दोस्रो जिल्ला अधिवेशन कार्यक्रममा नेपाल व्यावसायिक बाख्रा पालक महासंघका पदाधिकारी, स्थानीय राजनीतिकर्मी एवं बाख्रा पालक महासंघसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा