पछिल्ला तीन दिन उच्च अंकले उकालो लाग्दै आएको शेयर बजारमा बुधबार दोहोरो अंकको करेक्सन आयो ।
उतार चढावबीच बजार परिसूचक नेप्से ३० अंकले ओरालो लागेर २६ सय ४९ मा आएर थामियो ।
सुरुवाती समयमा सकारात्मक रहेर २७ सयसम्म पुगेको नेप्सेको बृद्धि धेरै समय टिक्न नसकेको हो । कारोबार भने सुधारिएर साढें ४ अर्ब नाघ्यो । जलविद्युत र वित्त समूह बाहेक अरु सबै समूह ओरालो लागे ।
निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च २ सय अंक माथिको गिरावट आयो । लघुवित्त समूह पनि सय अंक बढीले ओरालो लाग्यो । अरु पनि अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३६ कम्पनीको साढें ९५ लाख कित्ता शेयर ४ अर्ब ६२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यस दिन १ सय ३४ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ५२ को बढ्यो भने ४ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।