शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चट्टान साकोसको १२औँ साधारण सभा सम्पन्न


  • बुधबार, पुष २१ २०७८
10K
SHARES

२१ पुस, काठमाडौँ ।

बुढानीलकण्ठ नगरपालिका वडा न १२ मा रहेको चट्टान साकोसको १२औँ साधारण सभा सम्पन्न भएको छ ।

शनिवार कपन स्थित इभर साइन पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै साधारण सभा सम्पन्न गरिएकाे हो ।

साधारण सभाले अध्यक्ष दामोदर भट्टराईद्वारा प्रस्तुत प्रतिवेदन तथा प्रस्तावलाई सर्वसम्मत पारित गर्दे नयाँ नेतृत्व समेत चयन गरेको छ ।

नेपाल सरकारका पूर्व सचिव एवं साहित्यकार गोपीनाथ मैनालीको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको साधारण सभाले राजुविक्रम थापाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्दे कार्यक्रमका प्रमुख अतिथिले सहकारीहरूले न्यूनतम सहकारीको मान्यतालाई आत्मसाथ गर्न सकेको खण्डमा समेत समाज सहकारीको महत्त्व रहने बताउँदै सहकारीहरू लहडमा हिँड्न नहुने बताउनु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि डा.राम मैनाली अधिवक्ता विश्वनाथ दाहाल वडा अध्यक्ष शम्भु भट्टराई लगायतको उपस्थिति रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा