शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेप्सेमा ६०.४१ अंकको उछाल, ४ अर्ब बढीको सेयर कारोबार


  • आइतबार, पुष १८ २०७८
8.2K
SHARES

फाइल तस्विर

सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचकमा ६०.४१ अंकको उचाल आएको छ। नेप्से दोहोरो अंकले बढेर २५ सय ८४ विन्दुमा बन्द भएको छ। यस्तै सेन्सेटिभ इण्डेक्स पनि दोहोरो अंकले वृद्धि भएको छ। आइतबार सेन्सेटिभ इण्डेक्स १०.७७ अंकले बढेर ४८२.०१ विन्दुमा अडेको छ।

यसदिन २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता सेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँमा कारोबार भएको छ। कारोबारमा आएका १३ वटा समूहमध्ये १२ समूहको परिसूचक बढेको छ। सबैभन्दा बढी उत्पादन समूहको ५.०८ प्रतिशतले मूल्य बढेको हो।

यस्तै, विकास बैंकको ३.४२, निर्जीव विमाको ३.५४,वित्तको २.८८,जीवन विमाको २.४२, लगानी समूहको २.१७,अन्यको २.३ प्रतिशतले सेयर मूल्य बढेको छ। १२  वटा समूहको परिसूचक बढ्दा सामूहिक लगानी कोषको ०.३९ प्रतिशतले मूल्य घटेको हो।

यस्तै आज कुनै पनि कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। चार कम्पनीको १० प्रतिशत हाराहारीमा कारोबार भएको छ। हिमाल डिस्टिलरीको ९.९९, मध्य भोटेकोशी जलविद्युतको ९.९७, सूर्यलाइफ इन्स्योरेन्सको ९.२९ र  राष्ट्रिय विमा कम्पनीको ९.२१ प्रतिशतले कारोबार भयो।

यस्तै यसदिन कारोबार रकमका आधारमा हिमालयन डिस्टलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको ४४ करोड ९४ लाख बराबरको कारोबार भयो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा