मंगलबारदेखि सुनको मूल्य ओरालो लाग्न थालेको छ । सोमबारको तुलनामा मंगलबार प्रतितोला २०० रूपैयाँले घटेको सुनको मूल्य बुधबार तोलामा ५०० रूपैयाँले घटेको थियो । यस्तै, आज विहीबार प्रतितोला ४०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यससँगै, आज विहीबार छापावाल सुन प्रतितोला मूल्य ९२ हजार १०० रूपैयाँ र तेजाबी सुन प्रतितोला मूल्य ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम थियो ।
यस अवधिमा चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घटेको महासंघले जानकारी दिएको छ । सोमबार प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज विहीबार प्रतितोला १२ सय ४५ रूपैयाँ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।