शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेपालमा पूर्ण मात्रा खोप लगाउने १ करोड बढी पुगे


  • सोमबार, पुष १२ २०७८
10.3K
SHARES

फाइल तस्विर

देशभर थप २७१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २२५ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ११ हजार ५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ९३१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५८६ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड ३७ लाख ४० हजार २९६ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

यसमध्ये १ करोड १ लाख ६६ हजार ५०४ जनाले पूर्ण मात्रा र १ करोड ३५ लाख ७३ हजार ७९२ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा