सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा भएको दुर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएको छ ।
आइतबार दिउँसो परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप पडि्कएर आयोजनामा कार्यरत दुई जनाको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।
घटनामा इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो । परीक्षणका क्रममा पाइपमा पानी हालेपछि विष्फोटसहित जोडिएको भाग छुटिएर घटना भएको हो ।
थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राइका अनुसार पाइप पडि्कएर बेहोस भएका उनीहरुलाई खराब मौसमका कारण समयमै उद्धार गर्न सकिएको थिएन ।
‘हेलिकोप्टर बोलएपनि खराब मौसमले जान नसकेपछि ओखढुंगाको मिसन अस्पतालमा लगिएको थियो, तर, उहाँहरुलाई अस्पतालले मृत घोषित गर्यो,’ उनले भने ।
घटनामा घाइते भएका एक एक इन्जिनियर काठमाडौंमा ल्याएर उपचार भइरहेको उनले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।