केही दिनयता लगातार सुनको मूल्यमा गिरावट आइरहेको छ । मंगलबार एकैदिन ८०० रुपैयाँले घट्दै ९३ हजार रुपैयाँमा झरेको सुनको मूल्य आज बुधबार थप ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार नेपाली बजारमा छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँमा झरेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै घट्दै आज ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । तर, यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि हुँदै बुधबार एक हजार २४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
जबकी गत मंगलबार चाँदी तोलामा १० रुपैयाँले नै घट्दै एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।