हप्ताको पहिलो दिन आज पनि सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार पनि सुन तोलामा चार सय रुपैयाँले बढेको थियो । यस्तै, चाँदीको भाउ आज पनि बढेको छ ।
चाँदी आज तोलामा १२ सय ९५ रुपैयाँमा पुगेको छ । यो भाउ अस्ति शुक्रवारकाे भन्दा २५ रुपैयाँले महँगो हो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।