शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कृषि विकास बैंकले बम्पर लाभांश दिने, यस्तो छ तयारी


  • बुधबार, कार्तिक २४ २०७८
11.4K
SHARES

फाइल तस्विर

काठमाडौं – कृषि विकास बैंकका सेयरधनीहरुका लागि खुशीको खबर छ । बैंकले यो पटक बम्पर लाभांशको घोषणा गर्ने तयारी गरेको छ ।

 

बैंकको उत्कृष्ठ वित्तीय विवरण भएकाले यो पटक आक्रर्षणा लाभांश दिने तयारी गरेको हो ।

 

बैंकले आर्थिक वर्ष २०७६/७७ मा १५ प्रतिशत बोनस सेयर दिएको थियो। तर गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाटबाट लाभांश घोषणा गरेको छैन। बैंकको वितरण योग्य नाफा भने जम्मा १० रुपैयाँ मात्रै छ।

 

तर बैंकले जगेडाकोषको प्रयोग गर्दै आक्रषण लाभांश दिने बैंक श्रोतले जनाएको छ । बैंकले बोनश सेयरमा जोड दिदै सेयर धनीलाई खुशी पार्ने जनाएको छ ।

 

हाल बैंकको चुक्ता पूँजी १० अर्ब ९८ करोड रुपैयाँ छ। नेपाल सरकारको ५ अर्ब ४३ करोड रुपैयाँको अग्राधिकार सेयर सहित भने १६ अर्ब ४२ करोड रुपैयाँ छ।

 

बैंकको जगेडा कोषमा ११ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। यदि नाफा र जगेडा कोष प्रयोग भयो भने लाभांश बढ्न सक्ने छ।

 

बजारमा तिव्र उतारचढाव हुँदा पनि बैंकको सेयरमा भने खासै उतारचढाव छैन। पछिल्लो तीन महिनाको औषत मूल्य ५१० रुपैया रहेको कृषि विकास बैंकको सेयर मूल्य मंगलबार ५१५ रुपैयाँ छ।

 

यस अवधिमा बैंकको सेयर मूल्य सर्वाधिक ६२० रुपैयाँसम्म पुगेको छ। विगत ६ महिनाको अवधिमा मात्रै बैंकको मात्रै ४ अर्ब ९९ करोड रुपैयाँको खरिद बिक्री भएको देखिन्छ।

 

तर सग्रमा हेर्ने हो भने सर्वाधिक कारोबार हुने ५० औ नम्बरमा रहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा