आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

तिहारपछि खुलेको सेयर बजारमा पहिलो दिनमै १९ अंकको गिरावट


  • सोमबार, कार्तिक २२ २०७८
13.2K
SHARES

फाईल तस्बिर

तिहारपछि खुलेको बजारमा पहिलो दिन नै नेप्सेमा १९ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सोमबार नेप्से सूचक १९.२० अंकले घटेर २८ सय २९ दशमलव ६४ विन्दुमा ओर्लिएको हो ।

जबकि तिहारको बिदा हुनुअघि गत बुधबार यस्तो सूचक ५.२२ अंकले मात्र बढेर २८ सय ४८ दशमलव ८४ बिन्दुमा अडिएको थियो ।  तर, सोही दिनयता ‘क’ वर्गको सेन्सेभिट इन्डेक्स भने ०.३४ अंकले घटे ५३१ दशमलव ०८ बिन्दुमा झर्न पुगेको थियो । यस्तै, आज पनि सेन्सेटिभ इन्डेक्स थप २ दशमलव ७१ अंकले घट्दै ५२८.३७ बिन्दुमा झर्न पुगेको नेप्सेले जनाएको छ ।

यस दिन फाइनान्स, म्युचुअल फन्ड र लगानीको उपसूचक बाहेक सबैजसो उपसमूहहरु ऋणात्मक (नेगेटिभ) भएका छन् ।  १९ अंक माथिले घटेको बजारमा आज ४ अर्ब ४२ करोडको कारोबार भएको छ । गत बुधबार ५ अंकले बढेको बजारमा ६ अर्ब ५५ अर्बको कारोबार भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा