शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बैंकको लाभांश घोषणा : नबिलको धेरै, कुमारी देखियो कमजोर !


  • बिहिबार, कार्तिक १८ २०७८
9K
SHARES

फाईल तस्बिर

गत आर्थिक वर्ष २०७७/७८ को मूनाफाबाट बैंकहरुले आफ्नो शेयरधनीहरुका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । तिहार अघिसम्म लाभांश घोषणा गर्ने बैंकहरुमा नबिल बैंक सबैभन्दा धेरै लाभांश दिने बैंक बनेको छ ।

सम्भवतः गत वर्षको मूनाफाबाट धेरै लाभांश दिने पहिलो नम्बरमा नै नबिल बन्नेछ । नबिल बैंकले हरेक वर्ष आकर्षक लाभांश दिदै आएकोमा यस वर्ष गत वर्षको भन्दा धेरै ३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

धेरै लाभांश दिने दोस्रो नम्बरमा भने हिमालयन बैंक देखिएको छ । हिमायन बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको छ । मर्जरमा जानु अघि हिमालयनले आफ्ना शेयरधनहीरुलाई आकर्षक लाभांश घोषणा गरेको छ ।

हिमालयन बैंकले नगद लाभांश ४.६२ प्रतिशत र बोनस शेयर २१.३८ प्रतिशत गरी जम्मा २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । तेस्रो नम्बरमा देखिएको सानिमा बैंकले ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि र १७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।

लाभांश घोषणा गरेका बैंकहरु मध्ये लाभांश कम दिनेमा भने कुमारी बैंक देखिएको छ । कुमारी बैंकले २.६७ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस गरी ८.६७ प्रतिशत लाभांश दिने भएको छ । उता एभरेष्ट बैंकले भने हालसम्मकै कम लाभांश दिने घोषणा गरेको छ । एभरेष्टले ४.३२ प्रतिशत र ६ प्रतिशत बोनस शेयर गरी कुल १०.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा