शुक्रबार, कार्तिक ७ २०८३
ताजा अपडेट

काँग्रेस चितवन सभापतिको ठाडो चेतावनी- प्रचण्डले चितवन कांग्रेसलाई दिएको धोकाको मुल्य चुकाउनै पर्छ


  • मंगलबार, कार्तिक १६ २०७८
6.7K
SHARES

फाइल तस्बिर

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले माओवादी अध्यक्ष प्रचण्डले काँग्रेसलाई दिएको धोकाको मूल्य चुकाउनु पर्ने ठाडो चेतावनी दिएका छन् ।

नारायणगढमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

उनले भनेका छन् चितवनमा अब रुखमा बाहेक नेपाली काँग्रेसले भोट अन्त कतै हाल्दैन । स्थानीय चुनावमा रेनु दाहाललाई जिताएको हो । तर अब आगामी दिनमा चितवन काँग्रेसले कुनै चुनाव चिन्हमा मतदान नगरेर रुखमा मात्र मतदान गर्ने जीतनारायणको दाबी थियो ।

उनले पटक पटक प्रचण्डले दिएको धोकाको मूल्य चुकाउनु पर्ने बताएका थिए ।

१० वर्षसम्म कांग्रेससँग गठबन्धन हुन्छ भन्दै रेणुका लागि भोट मागे, पार्टीको केन्द्रीय निर्देशन मान्यौं, रेणुले चुनाव जितेलगत्तै काठमाडौं पुगेर ओलीसँग हात मिलाए, चितवन काँग्रेस अब झुक्किँदैन, म फेरि भन्छु, चितवन काँग्रेसले रुखमा बाहेक अन्यत्र भोट हाल्दैन,’ सभापति श्रेष्ठले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा