शनिबार, साउन ९ २०८३
ताजा अपडेट

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार


  • बिहिबार, कार्तिक ४ २०७८
10.3K
SHARES

फाईल तस्बिर

आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर दुई हजार ५५६ दशमलव ९५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आज २१६ कम्पनीको ६ करोड १० लाख ६ हजार ४५२ कित्ता सेयर कारोबार हुँदा कुल दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार गर्नेमा सानिमा बैंक रहेको छ । बैंकको आज २७ करोड १२ लाख ९७ हजार ६०९ दशमलव ८० रुपैयाँको कारोबार भएको छ ।

आज अन्य र म्युचल फण्डको समूह मात्रै हरियो देखिएका छन् । व्यापार, विकास बैंक, फाइनान्स समूहको सूचक दुई प्रशितभन्दा धेरैले ओरालो लागेको छ ।

त्यसैगरी, आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मेरो सेयरका लगानीकर्ता रहेका छन् । लघुवित्त १४४ दशमलव ८० अंकले फाइदामा गएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा जोशी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । कम्पनी माइनस १७ दशमलव ६० अंकले घाटामा गएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा