बेनी–जोमसोम सडकको म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको दाना–घाँसा खण्डमा पर्ने पहिरोग्रस्त रुप्सेछहरा, काप्रे र बाँदरजुँगभीर क्षेत्रमा सवारी जाम हुँदा सयौं यात्रु कम्तीमा १५ घण्टादेखि अलपत्र छन् ।
पहिरोले साँघुरा र हिलाम्मे सडकमा गाडी फसेपछि दोहोरो गाडी पास हुन नसक्दा यात्रु अलपत्र परेका हुन् । बेनी–जोमसोम सडकको सबैभन्दा जटिल भाग मानिने दाना–घाँसा ५ किमी सडकखण्डमा मनसुन रोकिएपछि यातायात केही सहज भएको थियो । सडकमा यातायात सहज भएपछि मुस्ताङ भ्रमणमा साना गाडी र मोटरसाइकलमा आउने यात्रुको दैनिक भीड लाग्ने गरेको थियो ।
म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको रुप्से, काप्रे र बाँदरजुंग भीर खण्डमा पहिरोले सडक वानवे छ । ठूला बस, ट्रकजस्ता गाडी फसेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन्छ । हजारौं यात्रुको बिजोग नै हुन्छ,’ जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामकुमार राईले भने, ‘सीमित प्रहरी र स्थानीयले मात्र जाम खुलाउन समस्या हुने गरेको छ । ’
बेनी–जोमसोम–कोरला सडक आयोजनाको तल्लो बेनी–जोमसोम ७६ किमी खण्डलाई ४ वटा प्याकेज बनाई नाली, ७ मिटर पिचसहित १० मिटर चौडा सडक निर्माण गर्न २ अर्ब ४९ करोड रुपैयाँ लागतमा सडक विस्तारको काम भइरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।