शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

विदेशी मुद्रा सञ्चितिको दबावमा राष्ट्र बैंक, डलर सटहीमा कडाइ


  • बुधबार, असोज १३ २०७८
9.9K
SHARES

फाईल तस्बिर

विदेशी मुद्रा सञ्चिति अभाव हुने संकेत देखिएको छ । देशमा विदेशी मुद्राको सञ्चिति निकै घटेपछि नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडाइ गर्ने भएको छ ।

विदेशबाट आयात हुने क्रम बढेको र यसले विदेशी मुद्राको सञ्चिति ह्वात्तै घटाएका कारण विदेशी मुद्राको अभाव हुने भन्दै केन्द्रिय बैंकले डलर सटहीमा कडाइ गर्न बुधबार बैंकहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले अधिकतम २ हजारभन्दा बढी डलर सटही नगर्न भनेको हो । डलर सटही पनि विदेश जानेहरुका लागि मात्रै गरिदिन राष्ट्र बैंकले भनेको छ । डलर सटही गर्न विदेश जान लागेको प्रमाण समेत पेश गर्नु पर्ने हुन्छ ।

पासपोर्टको छायाकपी राखेर मात्रै सटही सुविधा दिने गरिएको छ । तर बैंकले सामान्य अवस्थामा तोकिएको सीमा भन्दा पनि बढी सटही सुविधा दिने गरेका छन् ।

अहिले विदेशी मुद्रा सञ्चिति निकै समस्याको रुपमा देखिन सक्ने संकेत देखिएको भन्दै निकै कडाइका साथ सटहीसम्बन्धी नियम कार्यान्वयन गर्न राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकका अनुसार साउन महिनामा विदेशी मुद्राको सञ्चिति पनि एकदमै कमजोर देखिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९ महिना १० दिनको वस्तु आयात र ८ ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ ।

जेठ महिनासम्म विदेशी मुद्राको सञ्चिति १४ महिनाको वस्तु आयात धान्न सक्ने थियो । अहिले कुल विदेशी मुद्रा सञ्चिती गत असार महिनासम्म १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।

साउनसम्म आइपुग्दा ३.२ प्रतिशतले घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ । साउन महिनामा कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १२ खर्ब ६ अर्ब ५१ करोड रुपैयाँ र अरु बैंक तथा वित्तीय संस्थामा १ खर्ब ४७ अर्ब ३१ करोड रुपैयाँ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा