आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

नेप्से परिसूचक ७३ अंकले घट्यो, कारोबार रकम ५ अर्बमा सीमित


  • सोमबार, असोज ११ २०७८
8.7K
SHARES

फाइल तस्विर

सोमबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम ७३ अंक माथिले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ७३.०५ अंकले घटेर २६ सय ८५.४१ बिन्दुमा झरेको हो । त्यसो त अघिल्लो दिन आइतबार मात्र नेप्से परिसूचक ६१ अंक माथिले घट्दै २७ सय ५८.४८ विन्दुमा झरेको थियो ।

नेप्सेका अनुसार यसदिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२.९४ अंकले घटेर ५०६.३३ विन्दुमा झरेको छ । यस दिन सबैजसो समूहहरु ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । आज कुल २२७ कम्पनीका एक करोड ४ लाख ७८ हजार कित्ता बजारमा ६७ हजार ५८७ पटक किनबेच हुँदा कारोबार रकम ५ अर्ब १२ करोडमा सीमित भएको छ


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा