आइतबार सेयर बजार परिसूचक नेप्सेमा ६१ अङ्क माथिले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ६१.२७ अङ्कले घटेर २७ सय ५८.४८ विन्दुमा झरेको हो ।
गत हप्ताको बिहीबार नेप्से परिसूचक २ अङ्कले बढेर २८ सय १९ विन्दुमा अड्किएको थियो ।
नेप्सेका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १०.७० अङ्कले घटेर ५१९.३६ विन्दुमा झरेको छ । यस दिन सबैजसो समूहहरू ऋणात्मक हुँदा एउटै मात्र म्युचुअल फण्ड ग्रीन जोनमा परेको छ ।
आज म्युचुअल फण्ड समूहको उप–सूचक ०.२१ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा बढी फाइनान्स समूहले ५.८९ प्रतिशतले गुमाएको छ ।
कुल २३३ कम्पनीको एक करोड ४४ लाख कित्ता माथिको सेयर ७३ हजार ६९३ पटक किनबेच भएको बजारमा आज ६ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।