सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२.९१३ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट उक्त प्रतिशत बोनससँगै ३.०८९ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ । बोनस र नगदसहित सिटिजन्सले १६ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।
सञ्चालक समितको बैठकले प्रस्ताव गरेको कम्पनीको लाभांश आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।