आज मंगलबार नेपालको स्थानिय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । हिजो सोमबार सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भने सुनको भाउ बढेको हो ।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँ तोकिएको महासंघले बताएको छ ।
हिजो सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँको गिरावटसँगै छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० र तेजाबी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँमा आइपुगेको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको कारोबार प्रतितोला १ हजार १४० रुपैयाँमा भइरहेको महासंघले बताएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।