शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सेयर धितोकर्जा सीमा हटाउन माग गर्दै लगानीकर्ताले थाले आमरण अनसन


  • बिहिबार, भाद्र ३१ २०७८
14.9K
SHARES

फाइल तस्विर

सेयर धितोकर्जामा राष्ट्र बैंकले लगाएको लगामको विरोधमा लगानीकर्ताले दोस्रो चरणको आन्दोलन थालेका छन् ।

लगानीकर्ता पूँजीबजार सुधार संघर्ष समितिको आव्हानमा नेपाल स्टक एक्सचेञ्जको कार्यालयअघि केही बेरअघिबाट आमरण अनसन थालिएको हो । अहिले आदित्य शिवाकोटी अनसनमा बसेका छन् ।

संघर्रष समितिका संयोजक रोहन कार्कीले  राष्ट्र बैंकका पदाधिकारीसँग आइतबार र सोमबार वार्तामा बसे पनि कुनै निष्कर्ष ननिस्केको जानकारी दिए ।

संघर्ष समितिले सोमबार १८ बुँदे मागसहित राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई ज्ञापन पत्र बुझाएको थियो ।

भदौ २३ देखि एक साता दैनिक दिउँसो ३ देखि ५ बजेसम्म माइतीघरमा रिले अनसनमा बसिरहेका लगानीकर्ता आफूहरूको माग सम्बोधन गर्न राष्ट्र बैंकले अटेर गरेको भन्दै थप आन्दोलनमा उत्रिएका हुन् ।

राष्ट्र बैंकको पुँजी बजारसम्बन्धी नयाँ नीतिले सेयर बजार निरन्तरजसो प्रभावित बनेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा