शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

शेयर बजार राताम्मे, बढ्ने कम्पनीमा मनकामना स्मार्टमात्रै !


  • बिहिबार, भाद्र ३१ २०७८
8.9K
SHARES

फाईल तस्बिर

साताको अन्तिम दिन शेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको बजारमा १२ बजेसम्म करिब ६९ अंकले घटेको छ ।

शेयर कारोबार मापक नेप्से परिसूचकमा उचच अंकको गिरावट देखिदा एउटा बाहेकका सबै कम्पनीहरु घटेका छन् । यद्यपि, २ म्युचुअल फण्ड र एउटा डिबेञ्चर भने बढेको छ । त्यसबाहेकका सबै कम्पनीको शेयर मूल्य घटेर राताम्मे देखिएको छ ।

बढ्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था देखिएको छ । कारोबार खुला भएको एक घण्टामा यो कम्पनीको शेयर ५२ रुपैयाँले बढेर ८७० रुपैयाँ पुगेको छ । २१६ कम्पनीको कारोबार हुँदा २१२ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा