बजारमा देखिएको चरम तरलता अभावलाई सम्बोधन गर्नतर्फ नेपाल राष्ट्र बैङ्क लागेको छ । बैङ्क तथा वित्तीय संस्थामा चरम तरलता अभाव देखिएपछि राष्ट्र बैङ्कले पैसा बजार पठाउने भएको हो ।
रलता अभावलाई केही हदसम्म घटाउन तत्काल २ अर्ब ६५ करोड रुपैयाँ विभिन्न वर्गका बैङ्कमा पठाउने भएको छ । यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गले लिन चाहेको रकम र त्यसको प्रस्तावित ब्याजदर राष्ट्र बैङ्क समक्ष पेस गर्नुपर्ने छ ।
राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोष÷उपदान तथा पेन्सन कोषमा रहेको रकम बजार पठाउने भएको हो । यसका लागि ‘ग’ वर्गका वित्तीय संस्थाले १३ करोड २५ लाख रुपैयाँ रकमका लागि आवेदन गर्न सक्छन् ।
यस्तै, राष्ट्रिय स्तरका ‘ग’ वर्गका विकास बैङ्कले ३९ करोड ७५ लाख र ‘क’ वर्गका वाणिज्य बैङ्कले २ अर्ब १२ करोड रुपैयाँमा रकम राष्ट्र बैङ्कमार्फत लिन सक्नेछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।