शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

गभर्नरलाई अर्थमन्त्रीले फोन गरेपछि शेयर बजारमा उछाल


  • सोमबार, भाद्र २१ २०७८
10.3K
SHARES

फाइल तस्विर

सोमबार शेयर बजार उच्च दरमा उकालो लागेको छ । एकैदिन परिसूचक १६२ अंकले बढेर शेयर बजार बन्द भएको छ । साताको पहिलो दिनमा १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको बजार दोस्रोे दिनमा भने उच्च अंकले वृद्धि भएको हो ।

सोमबार शेयर बजार १६१.९४ अंकले बढेर २९ सय ८० दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ ।

अर्थमन्त्री जनदार्दन शर्माले शेयर जबारमा रहेको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई अनुरोध गरेको खबर सार्वजनिक भएपछि बजारमा ठूलो उछाल देखिएको हो ।

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार बिहान गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका थिए । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार गभर्नर अधिकारीले प्रक्रिया लिएर बजारलाई परेको अप्ठेरो फुकाउने जानकारी अर्थमन्त्रीलाई गराएका छन् ।

अर्थमनत्रीले पहल थालेको खबर बाहिरिएकाले सोमबार कारोबार खुलेदेखि नै शेयरबजारमा हरियाली थियो । केही घटबढ भइरहेको शेयर बजार अर्थमन्त्रीको पहलको खबर सार्वजनिक भएपछि लगातार उकालोतिर लाग्यो ।

बजारमा सोमबार ९ अर्ब ८२ करोडको शेयर कारोबार भयो । सोमबार मात्रै बजार ५ दशमलव ७४ प्रतिशतले बढेको छ । बजारका सबै उपसमूह हरियो रहे ।

राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएपछि बजार प्रभावित भएको लगानीकर्ताले बताउँदै आएका छन् । यसअघि यस्तो सीमा तोकिएको थिएन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा