शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमसिसी पास गर्ने रणनीतिमा देउवा, गठबन्धन तलमाथि भए मध्यावधि चुनाव घोषणा !


  • सोमबार, भाद्र २१ २०७८
14.6K
SHARES

फाइल तस्विर

सांसदबाट देउवा सरकार एमसिसी पास गर्ने रणनीतिमा देखिएको छ । कुनै पनि हालतमा एमसिसी पास गरेर कार्यान्वयन तहमा लैजाने मनसायमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको देउवा स्रोत बताउँछ ।

एमसिसीका विषयमा सरकारी अधिकारीसँग छलफल गर्न एमसिसी उपाध्यक्ष फतिमा सुमार मङ्गलवार काठमाडौँ आउँदै छिन्।

सरकारले सुरक्षा निकायलाई हाई अलर्टमा मात्रै राखेको छैन, विज्ञप्ति जारी गरेर एमसिसी र भारतको विरोध नगर्न अपिल समेत गरेको अवस्थाले एमसिसी संसदमा पेस हुन लागेको स्पष्टै बुझ्न सकिन्छ ।

एक जानकारका अनुसार सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी जसरी पनि संसद्बाट अनुमोदन गराउने रणनीति रहेको छ ।  एमसिसी तरङ्गले  गठबन्धनमा खटपट सिर्जना भए रातारात प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यावधि चुनाव मार्फत जनतामा जान सक्ने समेत बताएका छन् ।

प्रधानमन्त्री देउवालाई गठबन्धनमा भएका प्रचण्ड लगायतका नेताको प्रेस धेरै हुनुले पनि देउवा मध्यावधि चुनावकै पक्षमा रहेको बत्ताइन्छ । चुनाव गराउनकै लागि केही दिन यता केपी ओली निवासमा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई पठाएर ओली सँग संवाद अगाडि बढाएका देउवाको रणनीति संसदमा एमसिसी प्रस्तुत गर्ने र एमसिसी अनुमोदनमा विवाद भए मध्यावधि चुनाव तिर लाग्ने रणनीति देउवाको हुन सक्ने एक जानकार बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा