सामलिङ्ग पावर कम्पनी लिमिटेडले भदौ १८ गतेदेखि आईपीओ विक्रीमा ल्याउने भएको छ ।
सर्वसाधारणका लागि १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न बोर्डले अनुमति दिएपनि कम्पनीले पहिलो चरणमा ५ करोड बराबरको ५ लाख कित्ता शेयर कम्पनीले आयोजना प्रभावित स्थानियका लागि शेयर जारी गर्न लागेको हो ।
आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्य पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत शेयर विक्री गर्ने जनाएको छ ।
कम्पनीको अनुसार यो आईपीओ छिटोमा असोज १ गतेसम्म र ढिलोमा असोज १७ गतेसम्म प्रतिशेयर न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिन्छ । शेयर विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेड रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।