शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एक हजारको आइपिओ पर्नेले दुई महिनामै कमाए ५० हजार!


  • बिहिबार, भाद्र १० २०७८
12.1K
SHARES

फाइल तस्विर

पछिल्लो समय प्राथमिक सेयर (आइपिओ) भर्नेको संख्या २४ लाख पुग्ने गरेको छ। यति धेरैले आइपिओ भर्दा  हात पर्नेको संख्या भने ज्यादै न्यून हुने गरेको छ।

अझ लघुवित्त कम्पनीहरुको आइपिओ त भरेकामध्ये ५ प्रतिशतले पनि पाउँदैनन्। पाएकाले १० वा बढीमा ११ कित्ता मात्रै पाउने हुन्।

तर आइपिओ पर्नेहरुले दोस्रो बजारमा बेच्दा भने राम्रो मूल्य कमाउने गरेका छन्। अझ लघुवित्त कम्पनीहरुको आइपिओ पर्नेले धेरै नै लाभ लिन सक्छन्। यसअघि महिला लघुवित्त र अहिले जीवन विकास लघुवित्तका सेयरधनी धेरै मूल्य पाउनेमा उदाहरण हुन्।

जीवन विकास लघुवित्तको १ हजार रुपैयाँको प्राथमिक सेयर (आइपिओ) पर्नेले दुई महिनामै ५० हजार नाफा कमाएका छन्।

१ लाख ८४ हजार ७९६ जनाले करिब दुई महिनाअघि १० कित्ताका दरले सेयर पाएका थिए भने ५ जनाले ११ कित्ताका दरले पाएका थिए।

प्रतिकित्ता १ सय रुपैयाँ मूल्यमा १० कित्ता पाउनेले जम्मा १ हजार रुपैयाँ तिरे। त्यही सेयर आज बिहीबार प्रतिकित्ता ५ हजार १९८ रुपैयाँ पुगेको छ। १० कित्ता बेच्नेले कुल ५१ हजार ९८० रुपैयाँ कमाए। यसरी आएको नाफाबाट ७.५ प्रतिशत पुँजीगत लाभकर भने तिर्नुपर्छ।

असार ११ गते कम्पनीको आइपिओ खुलेको थियो भने २३ गते बाँडफाँड गरिएको थियो। दुई महिना नपुग्दै कम्पनीको मूल्य बजारमा प्रतिकित्ता ५१९८ रुपैयाँ पुगेको हो। साउन १४ गतेबाट दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु भएको थियो।

कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा भएको थियो। दिन सो कम्पनीको जम्मा ९५ हजार २५७ रुपैयाँको १ सय कित्ता सेयर कारोबार भएको थियो। त्यसयता दैनिकजसो १० प्रतिशतले मूल्य बढ्दै आएको हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा