नेपाली सेयर बजार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक आज शुक्रबारदेखि ४ दिनका लागि बन्द रहने भएको छ ।
सामान्यतया नेप्सेमा साताको पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) कारोबार हुँदै आएको छ । शुक्रबार र शनिबार नेप्सेमा कारोबार हुने गरेको छैन । यो साता आइतबार जनैपूर्णिमा र सोमबार गाईजात्रा परेको छ ।
सरकारले यस दिनहरुमा सार्वजनिक बिदा दिने हुँदा कारोबार आउँदो आइतबार र सोमबार पनि बन्द हुने भएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।