बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

प्रहरी हेडक्वार्टरबाटै शान्ति मिसन परीक्षाको प्रश्न पत्र चोरिन्छ भने अन्त के होला ?


  • बिहिबार, साउन २१ २०७८
9.4K
SHARES

फाइल तस्विर

प्रहरी प्रधान कार्यालयको युएन शाखाभित्रै चोरी भएको समाचार बाहिरिएको छ । शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षा प्रि स्याटको प्रश्न पत्र चोरिएको पुष्टि समेत भएको खबरहरूमा देख्न पाइन्छ ।

प्रहरी मुख्यालय भित्रै प्रश्न पत्र चोरिन्छ भने अन्य ठाउँमा लिइने परीक्षाहरूको प्रश्न पत्र कति बाहिरिन्छन् होला भन्ने सवाल आम सर्वसाधारणले सामाजिक सञ्जालमा पोखेका छन् ।

शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षा प्रि(स्याटको प्रश्न पत्र परीक्षा अघि नै केही परीक्षार्थीसम्म पुगेपछि हल्लाखल्ला भएको थियो । र, केहीले आपत्ति जनाएपछि परीक्षा एक घन्टा ढिलो गरी सुरु भएको थियो ।

सञ्चारमाध्यममा समेत यसबारे समाचार आएपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नै सचिवालयका प्रहरी नायब महानिरीक्षक ९डीआईजी० वसन्त लामाको नेतृत्वमा ६ सदस्यीय छानविन समिति बनाएका थिए । त्यसअघि पनि युएन शाखा आफैंले प्रकरणमा छानविन गरिरहेको थियो ।

शाखाका एक अधिकृतले प्रश्न पत्र बाहिरिएको खबर पाएपछि प्रश्नको सेट नै परिवर्तन गरेर परीक्षा गराइएको दाबी गरे ।

लामा नेतृत्वको समितिले गरेको अनुसन्धानका क्रममा यूएन शाखाकै एक कर्मचारीले प्रश्न पत्र चोरी गरेको पाइएको छ । समिति स्रोतका अनुसार चोरी भएको पुष्टि भएपछि युएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बम र साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई पक्राउ गरिएको छ ।

‘उनीहरुलाई सशस्त्र प्रहरी गण १ नम्बरको आन्तरिक थुनामा राखेर छनबिन भईरहेको खबरहरु सर्बजानिक भएका छन । सन् २०१८ मा भएको प्रि-स्याट परीक्षाको प्रश्न पत्र पनि परीक्षा अगावै बाहिरिएको पाइएपछि अर्को जाँच लिइएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा