साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक १ दशमलव २५ अंकले बढेर ३ हजार ८१ दशमलव ०५ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२४ अंकले बढेको छ । कारोबार रकम भने १२ अर्ब रुपैयाँ नाघेको छ । यस अघिको अन्तिम कारोबार बिहीबार १० अर्ब ९० करोड रुपैयाँको मात्रै कारोबार भएको थियो ।
दिनभर भएका १ लाख १७ हजार ४९० कारोबारबाट २२६ कम्पनीका ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रुपैयाँ पुगेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।