सोमबार, कार्तिक २४ २०८३
ताजा अपडेट

नेप्से परिसूचक र कारोबार दुबै घट्यो


  • सोमबार, साउन ११ २०७८
12.1K
SHARES

फाइल तस्विर

सेयर बजार परिसूचक नेप्से ८.२४ अंकले घटेको छ । आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको परिसूचक सोमबार भने लगानीकर्ताले नाफा बुकिङ गर्न थालेपछि सामान्य ‘करेक्सन’ भएर ३ हजार ५०.४२ अंकमा झरेको हो ।

आइतबारको तुलनामा आज कुल प्रतिधितोपत्र कारोबार संख्या र रकममा पनि गिरावट देखिएको छ । सोमबार दोस्रो बजारमा २२३ कम्पनीको तीन करोड ३० लाख ६१ हजार ४४७ कित्ता सेयर एक लाख ३७ हजार २४२ पटक खरिद बिक्री हुँदा कारोबार रकम १४ अर्ब १३ करोड ९७ लाखमा सीमित भयो ।

आइतबार चार करोड बढी कित्ता सेयर दोस्रो बजारमा कारोबारमा आउँदा कुल कारोबार रकम १४ अर्ब ३० करोड नाघेको थियो । आइतबार कारोबारमा आएका १४ उपसमूहमध्ये आठ वटा उपसमूहमा हरियाली छायो भने पाँच उपसमूह राताम्मे भयो ।

आइतबार सबैभन्दा धेरै बढेको बैंकिङ उपसमूह आज ४३.३० अंकले ऋणात्मक बन्दा जलविद्युत उपसमूह भने १०२.६२ अंकले उचालिएको थियो । सोमबार ११० कम्पनीको सेयर मूल्य बढेको थियो भने ६६ कम्पनीको मूल्य घट्यो ।

यस्तै सात कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज बिशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी, माउण्टेन र गि्रनलाइ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
आज एनआईसी एसिया डिबेन्चर, पोखरा फाइनान्स, सनराइज, लक्ष्मी बैंकको सेयर मूल्य भने घट्यो ।

दोस्रो बजारमा आज ङादी ग्रुप पावर कम्पनीको सेयर सबैभन्दा धेरै ३९ करोड ३० लाख बढीको कारोबर भयो । ३३ करोड बढीकेा सेयर खरिद बिक्री भएको हिमालयन डिष्टिलरीको कारोबार दोस्रो रह्यो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा