बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कम्युनिष्ट पार्टीभित्र आफ्नै घरमा आगो लगाउने काम भइरहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको सस्ंथापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले कम्युनिष्ट पार्टीभित्रैका व्यक्तिहरुले आफ्नो घरलाई आगो लगाएर खरानी बनाई अर्काको घरमा आगो ताप्न खोजिरहेको बताए।
‘आफ्नो घरलाई आगो लगाएर खरानी बनाउने अनि अर्काको घरमा आगो ताप्न जाने प्रवृति देखेर पुष्पलालको आत्माले पनि के भन्ला? ’पौडेलले भने।
उनले शिखरमा पुगिसकेको कम्युनिष्ट आन्दोलनलाई पार्टीभित्रैबाट तल झार्ने काम भइरहेको भन्दै कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन आग्रह गरे। पुष्पलालको विचार र सिद्वान्तलाई आत्मसात गर्दै फेरि कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।