शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सुनको मूल्य दुई दिनमा १४ सयले सस्तियो


  • बिहिबार, साउन ७ २०७८
7.2K
SHARES

फाईल तस्बिर

बिहीबार नेपाली बजारमा सुनको मूल्य थप ७०० रुपैयाँले घट्न पुगेको छ । गत बुधबार तोलामा ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप पुनः ७०० रुपैयाँले नै घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

तर, यता चाँदीको मूल्य भने गत हप्ता देखिको लगातार गिरावटको क्रम भङ्ग गर्दै बिहीबार प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २७० रुपैयाँमा उक्लिएको महासंघले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा